ताजा अपडेट

Adbox

Tuesday, April 25, 2017

मोदीले दाहाललाई फोन गरेर भने, 'निर्वाचनमा हाम्रो सहयोग रहन्छ'



वैशाख १२, २०७४- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकमा राजनीतिक स्थायीत्वको लागि हुन लागेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सक्दो सहयोग रहने बताएका छन् । उनले मंगलबार दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गर्दै उक्त धारणा ब्यक्त गरेका हुन् । नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिँदै त्यसको लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको जनाएका हुन् ।

भारतीय विदेश मन्त्रालयका एक उच्चअधिकारीका अनुसार भारतले एक कदम अगाडि बढ्दै निर्वाचनको लागि नेपाल सरकारले चालेको कदमको स्वागत गर्दै त्यसमा प्रतिबद्धता ब्यक्त भएको हो । ‘भारतले निर्वाचनको लागि आवश्यक पर्ने गाडी तथा अन्य आधारभूत सहायता पनि तत्काल अघि बढाउने प्रतिवद्धता अनुरुप नै यो सन्देश नेपाल सरकारलाई दिएको हो,’ ती अधिकारीले टेलिफोनमा कान्तिपुरसँग भने, ‘उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा आउन यस्तो सहयोगको आग्रह गरेका थिए ।’

स्थानिय निर्वाचनको तयारी भइरहदा छिमेकले स्थानिय निर्वाचन नचाहेको भन्ने सन्देशहरु समेत बाहिर आइरहेको अवस्थामा प्रधानमन्त्री मोदीले टेलिफोन गर्दै त्यस्तो बताएका हुन । ‘टेलिफोनमा दाहालका भारत समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता रहेको बताउदै निर्वाचनको लागि भारतको पूर्ण सहयोग र सद्भाव रहने छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन सफल बनाउन भारतले गर्ने सहयोगी भावनाको कदर गर्दै दाहालले मोदी र भारतीय जनतालाई धन्यबाद समेत दिएका थिए । नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिदै जनतामा निर्वाचनको लहर आइसकेको बताए ।

साभार : कान्तीपुर


Adbox